Incident Reports

कुटपिटबाट घाइते महिलालाई उपचारका लागि अस्पताल भर्ना l

2013-12-02

Province 1, Taplejung, Meringden

Devraj Gurung सासूको कुटाईबाट घाइते भएकी खाम्लुङ गाविस-३ की २६ वर्षीया अनुशा लिम्बूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनलाई कान्छी सासू आइतमाया लिम्बूले कुटपिट गर्दा टाउको र आँखामा चोट लागेको छ । आँखाको वरिपरिको भाग सुन्निएकाले उनी प्रष्टसँग देख्न सक्तिनन् । अनुहारभरि निलडाम देखिन्छ । सासूले मङ्सिर ६ गते ढुङ्गाले निधार र टाउकोमा हिर्काएको घाइते अनुशाले बताईन् । उनले भनिन्, 'कुटाई खाएको पर्सिपल्ट अस्पतालमा चेकजाँच गरी औषधि लिएर फर्किए, औषधि सेवन र सेकताप गरे, तर अनुहार सुनिन थाल्यो, छिमेकीले मेरो अवस्था देखेर अस्पताल ल्याएदिए ।' उनले कुटिएको भोलिपल्ट इलाका प्रहरी कार्यालय दोभानमा उजुरी गरेको भए पनि प्रहरीको दवावमा उपचार गर्ने सर्तमा मिलापत्र गरेको उनले आरोप लगाइन् । एक छोरा र एक छोरीकी आमा अनुशाका पति रविन सामेखाम लिम्बू करिब चार महिनादेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार गराइरहेका छन् । रविनलाई खाम्लुङकै जोन नाल्बो र महेन्द्र सामेखाम सहितको टोलीले राती घरमा गएर खुकरी प्रहार गरी घाइते बनाएपछि उनलाई उपचारका लागि धरान लगिएको हो । उनको घुँडामा गहिरो चोट लागेको छ । पीडकहरूलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । घरमा पती नुहँदा सासुबाट पटक/पटक कुटाई खानु परेको उनले बताईन् । यसैबीच, सासू र नन्दको कुटाईबाट घाइते भएकी फुङलिङ गाविस-४ की ३६ वर्षीया गीता लिम्बू अस्पतालबाट डिस्चार्च भए पनि घर फर्कन अस्वीकार गरेकी छन् । अस्पतालले मङ्सिर १४ गते अपरान्ह डिस्चार्च गरेपछि उनी आफन्तको शरणमा बसेकी छिन् । मङ्सिर १३ गते बेलुकी सासू असारमति र नन्दहरू गंगा र बसन्तीबाट कुटिएकी गीतालाई उनका आफन्तले मङ्सिर १४ गते अस्पताल ल्याएका थिए । देवराज गुरुङ

0 Comments

Related Reports
Related Trend Analysis