Incident Reports

सरकारविरुद्ध गोरखा कांग्रेसको प्रदर्शन

2019-09-24

Gandaki, Gorkha, Gorkha

गोरखा —  नेपाली कांग्रेस गोरखाले सरकारले जनताको भावना विपरित काम गरेकोभन्दै मंगलवार सदरमुकाममा विरोध जनाएको छ। गोरखा सदरमुकाममा सभाको आयोजना गरेर केन्द्रीय सदस्य, प्रतिनिधी र जिल्ला नेताहरुले सरकारको क्रियाकलापको चर्को आलोचना गरे।

‘सरकारले जनताको अधिकार कुन्ठित गरेको छ, प्रधानमन्त्री ओली निरङ्कुश देखिएका छन’ केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले भने। मिडिया काउन्सिल विधेयक, गुठी विधेयक जनताको हित विपरित रहेको बताउँदै उनले सरकारले बहुमतको आडमा निरङ्कुशता लादेको आरोप लगाए। ‘अहिलेजस्तै प्रवृत्तीले जनताको हक अधिकार सरकारले कुन्ठित गर्दै गयो भने सरकार रहँदैन’ नेता श्रेष्ठले भने।

अर्का केन्द्रीय सदस्य कमला पन्तले गोरखाको स्थानीय तहमा गोरखामा कांग्रेसको बहुमत सरकारलाई हेरेर संघीय सरकारलाई देश चलाउन सुझाव दिइन्। ‘सरकार जनताको साथी हुनुपर्छ, अहिले सरकारले जनतालाई महँगी बढाउने, कर थुपार्ने गरेर सास्ती दिएको छ’ उनले भनिन्। बुढीगण्डकी प्रभावितले मुआब्जा नपाएको, विकास निर्माणको काममा कमिसनको खेलले छिनभर भत्किएको प्रसंग जोड्दै उनले सरकारले भष्ट्राचारको डुबेको आरोप लगाइन्। जिल्ला सभापति हरिबहादुर घलेले सरकारले गरेका नराम्रा कामप्रति जनता र कांग्रेसले सचेत गराउन विरोधसभा गरेको बताए। सभामा जिल्लाका अगुवा नेता कर्याकर्ता सहभागी थिए।

सभाअघि कांग्रेस पार्टी कार्यालय तीनधारेबाट सरकारको विरोध गर्दै नेता कार्यकर्ताले नराबाजी गरेका थिए। बसपार्क, शक्तिचोक हुँदै हरमटारीमा पुगेर ¥याली सभामा परिणत भएको थियो। एनसेलको कर छली प्रक्ररण, विभिन्न विधेयकहरु, निर्मला पन्तको हत्या, ठूला योजनाप्रतिको हेलचेक्राईका बारेमा नेता कार्यकर्ताले नाराबाजी गर्दै खबरदारी गरेका थिए। यस अघि कांग्रेसले गोरखाको चारवटै प्रदेश निर्वाचन क्षेत्रमा जागर अभियान सोमवार सकेको जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments