Incident Reports

सांसदमाथि हातपात र दुर्व्यवहार

2019-09-24

Madhes, Saptari, Rajbiraj, Ward 5

राजविराज नपा–५ मा असोज ७ गते प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीमाथि हातपात र दुर्व्यवहार भएको छ ।

नेपाली कांग्रेस सप्तरीद्वारा आयोजित दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको समापन समारोहका क्रममा पार्टी जिल्ला सभापति दिनेशकुमार यादवसहित युवा कार्यकर्ताहरूले हातपात गरी धक्का दिँदै मञ्चबाट तल झारेको चौधरीले बताए ।

शेरबहादुर देउवा पक्षका जिल्ला सभापति यादव र रामचन्द्र पौडेल पक्षका सांसद चौधरीबीच मर्यादा क्रमका विषयमा विवाद सुरू भएको थियो ।

कांग्रेसबाट सप्तरी जिल्लाको निर्वाचन क्षेत्र ४ बाट निर्वाचित एक मात्र प्रतिनिधिसभा सदस्य चौधरीलाई स्थानीय तहका पदाधिकारी पछाडि आसन ग्रहण गराइएको थियो ।

मर्यादाक्रम नमिलेको भन्दै सांसद चौधरीले अध्यक्षता गरिरहेका पार्टी जिल्ला सभापति यादव र कार्यक्रम सञ्चालन गरिरहेका जिल्ला सचिव रामकुमार यादवसमक्ष कडा रूपमा गुनासो गरेपछि सभापति पक्षका कार्यकर्ताहरूले उनलाई धक्का दिँदै मञ्चबाट निकालेका थिए ।

सांसद चौधरीलाई युवा, विद्यार्थी कार्यकर्ताहरूले मञ्चबाटै धकेलेर लडाएपछि चौधरी नेतृत्वमा सङ्घीय सांसद नमिताकुमारी चौधरी, पूर्व संविधान सभा सदस्य रञ्जित कर्ण, सङ्घीय संसदका उम्मेदवार रामदेव साह, पार्टीका क्षेत्रीय सभापति बद्रीनारायण महात्मान यादवसहित सयौँ कार्यकर्ताले दशन चोकमा आएर विरोध सभा गरे ।

सांसद चौधरीसहित, सांसद नमिताकुमारी चौधरी, पूर्व संविधान सभा सदस्य रञ्जित कर्ण, सङ्घीय संसदका उम्मेदवार रामदेव साह, पार्टीका क्षेत्रीय सभापति बद्रीनारायण महात्मान यादव, महासमिति सदस्यहरू, जिल्ला सदस्यहरू, नेविसङ्घ र तरुण दलका सभापतिसहित १५ जनाले असोज ७ गते संयुक्त विज्ञप्ति जारी गरी पार्टी सभापति यादवलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गरेका छन् ।

जागरण अभियान असफल पार्ने नियतले अर्को पक्ष सार्वजनिक मञ्चमै गालीगलौज र झगडामा उत्रिएको पार्टी सभापति यादवले आरोप लगाए ।

गत भदौ २५ गतेदेखि प्रारम्भ भएको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणको आज मुलुकभरका सदरमुकाममा जुलुस, सभा गरी समापन गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
INSEC

0 Comments