Incident Reports

पत्नी हत्या आरोपको मुद्दा तीन महिना पछि दर्ता l

2013-11-29

Province 1, Sankhuwasabha, Dharmadevi

Chhetu Sherpa माम्लिङ गाविस-३ की १९ वर्षीया रिमला बिकको हत्याको आरोपमा उनका पति मनबहादुर बिकलाई इलाका प्रहरी कार्यालय चैनपुरले मङ्सिर १२ गते गिरफ्तार गरी मङ्सिर १४ गते कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको छ । पीडितको लाश भदौ २९ गते साँझ सलको पासो लगाई झुण्डिए अवस्थामा फेला परेको थियो । पीडितका माइतीपक्षले घटना भएको छ घण्टापछि जानकारी गराएकोले हत्या भएको भन्दै पटक/पटक प्रहरीमा उजुरी दिए पनि लिन नमानेपछि इन्सेकको पहलमा मुद्दा दर्ता गरी आरोपितलाई कारवाही शुरु गरेको छ । मृतककी दिदी विमला खातीले आफ्नो बहिनीको आत्महत्या नभई हत्या भएको भनी प्रहरीलाई थप अनुसन्धान गरिदिन भन्दै असोज ३ गते इलाका प्रहरी कार्यालय र असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिदाँ नलिए पछि इन्सेकले निवेदन दर्ता गर्न पहल गरेको थियो । मादिमुलखर्क गाविस-१ घर भई माम्लिङ गाविस-३ मा विवाह गरेकी १९ वर्षीया रिमल परिवारका सदस्यसँग नराम्रो सम्बन्ध भएको र आमाजुहरूसँग पटक/पटक झगडा पर्ने भएकोले भुण्डिएर आत्महत्या गरेको भने पनि सो अवस्थामा प्रहरीले समेत नपाएको, ७ बजे आत्महत्या भएको जनाए पनि १२ बजे मात्र जानकारी दिएकोले शंका लागेर प्रहरीमा छानबिनका लागि उजुरी दिए पनि नलिएको पीडित पक्षले जनाए । १५ महिनाको छोरीकी आमा समेत रहेकी उनी छ महिनाकी गर्ववति समेत थिइन् । आत्महत्या गरेको भनिए पनि प्रहरी पुग्नु अघिनै मृतकको लाश अन्यत्रै सारिएकाले प्रहरीले समेत अनुसन्धान फितलो गरी मुचुल्का बनाएको पीडित बिमला खातीको आरोप छ । मृतकको शव हेर्दा आँखा र कानबाट रगत बगेको झुण्डिएको अवस्थामा नभएकाले हत्याको शंका भएकाले छानबिन गर्न प्रहरीमा निवेदन दिन बाध्य भएको पीडित पक्षले बताए । इलाका प्रहरी कार्यालय चैनपुरका मुद्दा शाखा प्रमुख राजकुमार ठकुरीले प्रहरीले कारबाही अगाडि बडाएको र अदालत पठाउने तयारी भएको बताए । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis