Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-09-26

Gandaki, Baglung, Baglung

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ बस्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता २० वर्षीय नवराज बिकलाई प्रहरीले असोज ९ गते राति बागलुङ बजारबाट गिरफ्तार गरेको छ ।

बम बनाउन प्रयोग हुने स्प्रिङ र हतियार सफा गर्न प्रयोग हुने पुलथ्रुसहित बिकलाई राति ११ बजे बागलुङ बजारको श्रीनगर टोल नजिकबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिए ।

बम बनाउन प्रयोग हुने स्प्रिङ आठ थान, हतियार सफा गर्न प्रयोग हुने पुलथ्रु र तेलमा भिजाएको टल्ली, जनसंयोजक लेखिएको टिसर्ट एक थान र विभिन्न कागजपत्रहरूसहित गिरफ्तार गरिएका बिकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको एसपी भट्टले बताए ।

सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments