Incident Reports

भण्डारण गरी राखेको विष्फोटक पदार्थ बरामद

2019-09-30

Province 1, Jhapa, Arjundhara, Ward 1

झापा, १३ असोज    अर्जुनधारा नगरपालिका-१ सिस्ने भन्ने स्थानमा भण्डारण गरी राखेको Neogel-90 लेखिएको High Expolsive बिष्फोटक पदार्थ करिब २५ केजी आइतबार साँझ प्रहरीले बरामद गरेको छ । 

 उक्त स्थानमा बिष्फोटक पदार्थ लुकाई भण्डारण गरेको भन्ने खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जुटको बोरामा लुकाई भण्डारण गरी राखेको अवस्थामा उक्त परिणामको विष्फोटक पदार्थ फेला पारी बरामद गरेको हो ।     

उक्त विष्फोटक पदार्थ चियाको वोटमा हाल्ने औषधी हो भनी झापा हल्दिवारी गाउँपालिका-५ बस्‍ने ४४ वर्षीय टिका पोखरेल, इलाम माङ्सेबुङ गाउँपालिका-१ बस्‍ने ३४ वर्षीय मनिष भन्ने प्रविन मिश्र र मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्‍ने २६ वर्षीय अनुल सारु मगर समेतले करिव १ महिना अगाडि उक्त स्थानमा ल्याई लुकाई भण्डारण गरी राखेको प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।निज टिका, प्रविन र अनुल गत भदौ ३० गते विभिन्न हातहतियार सहित पक्राउ परेको र उनीहरु उपर हातहतियार खरखजाना, बिष्फोटक पदार्थ, राज्य बिरुद्धको कसूर, जबरजस्ती चन्दा असुली र संगठित अपराध अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Police website , Local Newspaper - Morang , Local Newspaper - Jhapa , Local Newspaper - Siraha

0 Comments