Incident Reports

चुनावी आमसभामा बालकालिकाको प्रयोग l

2013-11-16

Province 1, Panchthar, Falgunanda

Mangal Begha पाँचथर । ०७० मङ्सिर १ गते, संविधानसभा सदस्य निर्वाचनको लागि जिल्लाका मुख्य दलहरूद्वारा आयोजित आमसभामा संविधानसभा सदस्य निर्वाचन आचारसंहिता, २०७० विपरित बालबालिकाको प्रयोग भएको पाइएको छ । दलका उम्मेदवारहरूको प्रचार-प्रसारका क्रममा दलहरूद्वारा कात्तिक २९ गते जिल्लाका छुट्टा-छुट्टै स्थानमा आयोजित आमसभामा बालबालिकाहरूको प्रयोग भएको पाइएको हो । एमाओवादीले फाक्तेप गाविसमा आयोजना गरेको आमसभामा करिब एक दर्जन बालबालिका झण्डासहित सहभागी भएका थिए । यसैगरी, नेपाली काङ्ग्रेसले फिदिम बजारमा आयोजना गरेको आमसभामा बालबालिकाहरू प्रयोग भएका थिए । नेकपा एमालेले यासोक गाविसमा आयोजना गरेको आमसभामा बालबालिकाहरूलाई स्यम्सेवकका रुपमा प्रयोग गरिएको थियो । निर्वाचन आचारसंहिता विपरीत दलका क्रियाकलापहरू दोहोरिए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कुनै कारबाही गरेको पाइएको छैन । जिल्लामा आचारसंहिता अनुगमन भईरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मंगल बेघा

0 Comments

Related Reports
Related Trend Analysis