Incident Reports

सुर्खेतमा हत्या अभियोगमा दुई पक्राउ

2019-10-09

Karnali, Surkhet, Gurbhakot, Ward 1

सुर्खेत जिल्ला प्रहरीले गुर्भाकोट नगरपालिका–१ काल्चेका २० बर्षीय निराजन विकलाई पक्राउ गरेको छ।

असोज २२ गते गुर्भाकोट–१ का २५ बर्षीय यामबहादुर विकलाई घरमा गएर कुटपिट गरी हत्या गरेको सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

उनीसँगको सोधपुछका क्रममा गुर्भाकोटकै विनोद भनिने विनय विक पनि संलग्न रहेको पाइएपछि उनलाई पनि पक्राउ गरिएको छ। उनलाई लुकीछिपी बसेको अवस्थामा महानगरीय प्रहरी वृत्त स्वयम्भुले पक्राउ गरेको थियो।

पक्राउ परेका निराजन र विनयलाई असोज २४ गतेदेखि लागु हुनेगरी जिल्ला अदालत सुर्खेतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रवक्ता रावलले जानकारी दिए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Kailali

0 Comments

Related Reports