Incident Reports

पति र ससूराद्वारा महिलामाथि कुटपिट l

2013-12-02

Province 1, Morang, Katahari

Dipen Neupane कटहरी गाविस-२ की १८ वर्षीया सरितादेवी यादवलाई उनका पति ३० वर्षीय साजन राय यादव र ससुरा ५० वर्षीय उमेश यादवले घरायसी विवादमा कुटपिट गरेका भन्दै पीडितले मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख जमुना बस्नेतका अनुसार, खानलाउन माग गर्दा पति र ससुराले मङ्सिर १६ गते कुटपिट गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी हुन् । पीडितको उजुरीउपर सुनुवाइ गर्दै आरोपितलाई झिकाउन वडा प्रहरी कार्यालय हाटखोलालाई पत्राचार गरिएको छ । आरोपितद्वय फरार छन् । पीडितका पति मजदुरी र ससुरा भन्सार एजेन्टको रुपमा कार्यरत रहेका छन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis