Incident Reports

पत्नीलाई ज्यादति गरेको आरोपमा गिरफ्तार l

2013-12-01

Madhes, Bara, Jitpur Simara

Laxmi Sah Sonar डुमरवाना गाविस-४ का ४२ वर्षीय थलबहादुर भारतीलाई पत्नीलाई ज्यादति गरेको आरोपमा मङ्सिर १६ गते गिरफ्तार गरेको छ । आरोपितलाई सार्वजनिक मुद्दा चलाइएको सिमरा इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर जयराम कुइँकेलले बताए । आरोपित पतिले मादक पदार्थ सेवन गरी पत्नी ३८ वर्षीया सरस्वती भारतीको जीउमा मङ्सिर १५ गते राती भैंसीलाई खुवाउन तयार गरिएको तातो कुँडो खन्याइ दिएपछि जलेर घाइते भएकी छन् । घाइते पीडितको गाला, घाँटी, अनुहारमा घाउ भएको छ । पत्नीसँग १ सय रुपियाँ माग्दा नदिएपछि रिसको झोकमा कुँडो खन्याई दिएको इिन्स्पेक्टर कुइँकेलले बताए । घाइते सरस्वतीलाई उपचार गरी घर पठाइएको पनि इन्स्पेक्टरले जानकारी दिए । पीडितको दुई छोरा र एक छोरी छन् । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports
Related Trend Analysis