Incident Reports

हेलो नेपालको टावर तोडफोड

2019-10-19

सल्यान — सिद्धकुमाख र कुमाख गाउँपालिका सीमाको कुमाख लेकमा जडान गरिएको हेलो मोवाइलको टावरमा तोडफोड गरिएको छ । पहिचान नभएको समूहले टावर तोडफोड गर्दै १९ थान सोलार प्यानल चोरी गरेको हो । 

 नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गरिदिएपछि लामो समयदेखि टावर बन्द थियो । टावरको सुरक्षा गर्दै आएका चौकीदारले समेत तलब नपाएको भन्दै वर्षदिनअघि काम छाडेका थिए । चौकीदारले छोडेपछि अलपत्र परेको टावर तोडफोड गरिएको हो ।

स्थानीय शेरबहादुर डाँगीका अनुसार टावर तोडफोड र सामान चोरी हुनेको पहिचान खुलेको छैन । टावरका चौकिदार तिलक चलाउनेले कम्पनीको बेवास्ताले लामो समयदेखि अलपत्र टावर तोडफोड भएको बताए । प्राधिकरणले रोयल्टी तथा नवीकरण शुल्क बापतको ८० करोड रुपैयाँ नबुझाएपछि कम्पनीको दर्ता खारेज गरिदिएको थियो । ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गर्नेगरी अनुमति पाएको कम्पनीले २०६४ फागुनमा जिल्लाका विभिन्न स्थानमा टावर स्थापना गरेको थियो । हेलो नेपालले जिल्लाका अन्य ठाउँमा समेत स्थापना गरेका टावर कम्पनीकै बेवास्ताका कारण अलपत्र परेका छन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports