Incident Reports

अपहरणका आरोपित सार्वजनिक l

2013-12-02

Lumbini, Banke, Nepalgunj

Binod Pandey नेपालगन्ज नपा-२ घरवारीटोलका ३७ वर्षीय देवेन्द्र शर्मालाई अपहरण गरी फिरौती असुलेको आरोपमा गिरफ्तार परेका तीन जनालाई प्रहरीले मङ्सिर १७ गते सार्वजनिक गरेको छ । बेतहनी गाविस-१ का ध्रुबकुमार चौधरी कुर्मी, होलिया गाविस-१ का नूर अहमद दर्जी र होलिया गाविस-७ का बेदराम पासीलाई प्रहरीले हिरमिनिया गाविस-८ बाट मङ्सिर १५ गते गिरफ्तार गरेको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपितहरू तराई जनतान्त्रिक पार्टी मधेसका सक्रिय कार्यकर्ता भएको दाबी गरेको छ । उक्त पार्टीको बाँके बर्दिया संयोजक सिकन्दर खाँ गिरफ्तार परे लगत्तै उनीहरू पनि गिरफ्तार परेका हुन् । 'शर्माबाट फिरौती लिए लगत्तै अनुसन्धानको दायरामा परेका उनीहरूको खोजी कार्य तीब्ररुपमा भईरहेको थियो ।' जिल्ला प्रहरी कार्यालयका डीएसपि प्रेमबहादुर बस्नेतले भने । डीएसपी बस्नेतले पक्राउ परेका तीनै जनाको अन्य घटनामा भने सङ्लग्नता नदेखिएको बताए । आरोपितहरू माथि मुलुकी ऐन अपहरण तथा शरीर बन्धक लिने महल अन्तर्गत कारबाही हुने बस्नेतले बताए । पत्रकार सम्मेलनमा पक्राउ परेका कुर्मीले सिकन्दरले आफूलाई फसाएको बताएका छन् । भदौ २४ गते हिरमिनिया गाविस-५ स्थित पुरानो ईट्टा भट्टाबाट शर्मालाई अपहरण गरी ७ दिन पछि ७ लाख रुपियाँ लिएर भारतको नानपाराबाट मुक्त गरिएको थियो । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis