Incident Reports

प्रगतिनगरमा युवा समूहबीच गोली चल्यो

2019-10-20

पूर्वी नवलपरासीको देवचुली नगरपालिका प्रगतिनगर बजारमा शनिबार राति गोली चलेको छ । प्रगतिनगरको एक होटल अगाडी स्थानीय युवाबीच भएको विवादले उग्ररुप लिएपछि गोली चलेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।

झगडा भएका अर्को पक्षलाई लक्षित गरी गोली प्रहार गरेपनि कसैलाई नलागेको प्रहरीले जनाएको छ । प्रहार गरिएको गोली मोटरसाइकलको ट्यांकीमा लागेको छ । घटनास्थलबाट गोलीको खोका बरामद भएको प्रहरी उपरीक्षक पोखरेलले बताए । 

गोली प्रहार गर्ने युवाको समूह फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । दुईजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports