Incident Reports

घाइते एमाले कार्यकर्ता जिल्लाअस्पतालमा उपचारपछि घर फर्किए l

2013-11-17

Sher Bahadur Chand बैतडी । ०७० मङ्सिर २ गते, नेकपा एमालेको पक्षमा प्रचार प्रसार गरेको आरोपमा एकीकृत नेकपा माओवादी कार्यकर्ताको कुटाइबाट घाइते रुद्रेश्वर गाविस-८ मँगरोडाका ५२ वर्षीय कल्यान कपाडी र सोही ठाउँका ४० वर्षीय केशवराज कपाडी जिल्ला अस्पताल वैतडीमा उपचार गरी मङ्सिर २ गते घर फर्किएका छन् । एमाले बैतडीका पूर्व सचिव सुरेन्द्रपालको नेतृत्वमा रहेको सो पार्टीका कार्यकर्ताको ४० जनाको समूहमाथि महादेवस्थान गाविसको साँफेबजारमा कात्तिक २९ गते २ सय ५० जनाको समूहमा आएको एमाओवादी कार्यकर्ताको समूहले आक्रमण गर्दा उनीहरू घाइते भएका थिए । घटना सम्बन्धमा पीडितहरूले कहीँ उजुरी नदिएको पीडित कल्यान कपाडीले बताए । शेरबहादुर चन्द

0 Comments

Related Reports