Incident Reports

बारुणयन्त्रका कर्मचारीको निर्मम हत्या, शरीरमा भेटियो ५ गोली, एक दम्पती पक्राउ

2019-10-24

Madhes, Parsa, Birgunj

वीरगन्ज– वीरगन्जमा एक जना युवाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो। 

वीरगन्ज नगवास्थित बाइपास सडकको छेउमा रहेको पोखरीको किनारमा तन्ना र प्लाष्टिकको बोराले बेरेर फालिएको अवस्थामा चौरसियाको शव शुक्रबार फेला परेको थियो। बिहीबार साँझ उनी वीरगन्ज १६ नगवामा रहेको आफ्नो घरबाट निस्किएका थिए। भोलिपल्ट शव भेंटियो। पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले चौरसियाको गोली हानेर हत्या गरिएको बताए।

नारायणी अस्पतालमा शवको पोष्टमार्टमपछि गोली लागि हत्या भएको खुलेको हो। त्यसअघि केही ठाउँमा घाउखत लागेको मात्र देखिए पनि पोष्टमार्टममा शरीरमा साना आकारको गोलीको भेटिएको छ। चिकित्सकका अनुसार चौरसियाको टाउकोमा २, छातीमा २ र नाइटोमा १ गरी ५ वटा गोली लागेको छ। 

शवको पोष्टमार्टम रिपोर्ट आइ नपुगे पनि गोली हानेरै हत्या भएको अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक राठौरले बताए। प्रहरीले अनुसन्धानको क्रममा एक दम्पतिलाई शुक्रबार राति नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगन्ज ६ माइस्थानका दिपक अग्रवाल र उनकी श्रीमति निधी अग्रवाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Bara , Local Newspaper - Dhanusha

0 Comments

Related Reports