Incident Reports

मौन अवधिमा भोजको आयोजना गरिएको भोजमा प्रहरी हस्तक्षेप l

2013-11-17

Bagmati, Kathmandu, Budhanilakantha

Ramesh Prasad Timalsina ललितपुर । ०७० मङ्सीर २ गते, एकीकृत नेकपा माओवादीका काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार नन्दकिशोर पुनले निर्वाचन आचारसंहिता विपरीत आयोजना गर्नुभएको भोज कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । संविधानसभाको दोस्रो निर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा पुनले भोजको आयोजना गरेपछि प्रहरीले हस्तक्षेप गरेर कार्यक्रमलाई बीचैमा बिथोलेको जनाएको छ । पुनले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको कपन गाविस वडा नम्बर एकको जोरधारामा मङ्सिर २ गते बिहान आचारसंहिता विपरीत भोज आयोजना गरेका थिए । महिलाहरूलाई भेला गरेर प्रलोभन देखाइ उनले भोजको आयोजना गरेपछि स्थानीय मतदाताहरूले प्रशासनमा खबर गरेका थिए । खबर आएलगत्तै कपन पुगेको प्रहरीले कार्यक्रम रोकाएको प्रहरीले बताएको छ । निर्वाचन आयोगको आचारसंहिता अनुसार निर्वाचनको मौन अवधिमा उम्मेदवारहरूले प्रत्यक्ष रुपमा मतदाता भेटेर प्रचारप्रसार गर्न नपाउने उल्लेख गरिएको छ । तर, पुनले त्यस विपरीत भोजको आयोजना गरेपछि त्यस क्षेत्रका अन्य राजनीतिक दल तथा उम्मेदवारहरू समेतले आपत्ती प्रकट गरेका छन् । मङ्सिर १ गते राति उनले निर्वाचन आचारसंहिता विपरीत काठमाडौं क्षेत्र नं ४ का अधिकांश सार्वजनिक स्थान र व्यक्तिका घरमा समेत आफ्नो प्रचार सामग्री टाँस गराएको अन्य राजनीतिक दलका प्रतिनिधिहरूको आरोप छ । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis