Incident Reports

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

2019-10-26

Karnali, Salyan, Bagchaur, Ward 2

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वकोे नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला कमिटी सदस्य भद्र डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बागचौर नगरपालिका–२ घर भएका जिल्ला सदस्य भद्र डाँगी ‘टाइगर’लाई प्रहरीले कात्तिक ९ गते गिरफ्तार गरेको हो । घरमा सुतिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको उनको परिवारले जनाएको छ ।

गिरफ्तारीमा परेका उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

बम विस्फोट, हातहतियार र आगजनीको मुद्दामा उनलाई गिरफ्तार गरिएको र अनुसन्धान गरिरहेको डिएसपी खतिवडाले बताए ।

०७५ फागुन महिनामा सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि सल्यानमा नेकपाका २५ जनाभन्दा बढी नेता–कार्यकर्ता गिरफ्तारीमा परेका छन् । गिरफ्तारीमा परेका अन्य सबै अदालतको आदेश र प्रशासनको आदेशमा रिहा भइसकेका छन् ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments