Incident Reports

मौन समयमा दलहरूद्वारा आचारसंहिता उल्लङ्घन l

2013-11-17

५ का राप्रपाका उम्मेदवार गुरुप्रसाद रजैरीया र क्षेत्र न ३ का एमाओवादीका उम्मेदवार सत्य नारायण तिवारीले गाडीमा चुनावचिन्ह र पार्टीको झण्डासहित चुनाव प्रचार प्रसार गरे । साथै कतैकतै माईकिङ्ग समेत गरेको अनुगमनको बेलामा पाइएको छ । निर्वाचनको ४८ घण्टा अघि राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि झण्डा ब्यानर ,पम्लेट पोष्टर, स्टिकर चिन्ह भएका टिसर्ट, टोपी तथा निर्वाचनलाई प्रभाव पार्ने गरी कुनैपनि काम गर्न पाईदैन । यस्तै मङ्सिर १ गते राती नेपाली काङ्ग्रेसका कार्यकर्ता तथा एमालेका कार्यक्रता विच मोतिपुर गाविस १ मोतिपुरमा झडप भएको छ । काङ्ग्रेस निकट एक जनाले एमालेको पोष्टरमाथि काग्रेसको पोस्टर टाँसेको निहुवाट विवाद शुरु भएकामा दोहोरो झडप भएको थियो । झडप नियन्त्रणका लागि प्रहरीले ७ राउण्ड हवाई फायर गर्नु परेको थियो । झडपमा एमालेका प्रताव सेन, कृण्ण सापकोटा, विष्णु गिरी, गुणनिधि भुसाल लगायत घाईते भएका थिए भने काँग्रेसका राजेन्द्र पौडेल लगाएत घाइते भए । घटनामा दुई जना प्रहरी समेत घाइते भएको डिएसपी महेन्द्र खडकाले बताए । घटना सम्बन्धमा दुवै पार्टीका नेताहरू बसेर पुनः घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन । नन्दराम पौडेल

0 Comments

Related Reports