Incident Reports

विप्लव समूहको इन्चार्ज हुँ भन्दै धम्की दिएको आरोपमा पक्राउ

2019-08-30

Bagmati, Kathmandu, Kathmandu

विप्लव समूहको नाम लिएर सरकारी कार्यालयका प्रमुखलाई धम्की दिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव समूहको काठमाडौं जिल्ला इन्चार्ज हुँ भनी घरमा बम पड्काउने र ज्यान लिनेसम्मको धम्की दिएर रकम असुलेको अभियोगमा प्रहरीले झापा घर भई वानेश्वर बस्ने विश्वराज शर्मा, भक्तपुर बस्ने सुवास कोइराला र काँडाघारी बस्ने शुभम घिमिरेलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई भदौ १३ गते र १५ गते काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिएका छन् । पक्राउ परेकामध्ये कोइरालाको साथबाट जनध्वनि साप्ताहिक समाचारपत्रको सम्पादकको परिचयपत्र बरामद भएको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Bara

0 Comments

Related Reports