Incident Reports

सभासदका उम्मेदवार बलात्कारको आरोपमा हिरासतमा l

2013-12-03

Gandaki, Kaski, Pokhara Lekhnath

San Bahadur Thapa एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा क्षेत्र नम्बर ३ मा शिवसेना नेपालका उम्मेदवार रहेका पोखरा उमनपा-९ पृथ्वीचोक निवासी ५५ वर्षीय त्रिलोचन अधिकारीलाई प्रहरीले मङ्सिर १८ गते म्याद थप गरी हिरासतमा राखेको छ । आरोपी अधिकारीले बालिकालाई डर, धम्की दिएर कात्तिक २० गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका इन्स्पेक्टर नरहरि अधिकारीले आरोपित अधिकारीलाई मङ्सिर २ गते प्रहरीले गिरफ्तार गरी उनी विरुद्ध जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताए । आरोपीलाई दोस्रो पटक मङ्सिर १८ गते म्याद थप गरी अनुसन्धान गरिएको हो । यसअघि जिल्ला अदालतको आदेशमा मङ्सिर ८ गते म्याद थप गरेको थियो । पीडितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis