Incident Reports

बहुविवाह गरेको आरोपमा पतिविरुद्ध उजुरी l

2013-12-03

Province 1, Morang, Uralabari

Dipen Neupane उर्लाबारी गाविस-६ की २१ वर्षीया मीना सापकोटाले उनका पति २२ वर्षीय ज्ञानु निरौलाविरुद्ध बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा मङ्सिर १८ गते उजुरी दिएकी छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका असई युवराज बस्नेतका अनुसार, आरोपितलाई गिरफ्तार गर्न इलाका प्रहरी कार्यालय बेलबारीलाई पत्राचार गरिएको छ । आरोपित इलाका प्रहरी कार्यालय बेलबारीको क्षेत्राधिकार रहेको दुलारी गाविसमा कान्छी पत्नीसँग बसेका छन् । उनले दुलारी गाविसकी ९ युवतीसँग डेढ महिनाअघि दोस्रो विवाह गरेका थिए । आफू विदेश जान्छु भनी जेठी पत्नीलाई माइत पठाएर अर्की युवतीसँग विवाह गरेको मीनाको उजुरीमा उल्लेख गरिएको छ । माना र आरोपितबीच दुई वर्षअघि प्रेमविवाह गरेका थिए । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis