Incident Reports

पत्नीमाथि पतिलगायत परिवारका सदस्यबाट कुटपिट l

2013-12-03

Province 1, Morang, Pathari Shanishchare

Dipen Neupane हसन्दह गाविस-१ की ३२ वर्षीया मीना खड्कालाई उनका पति ४२ वर्ष धनबहादुर खड्का, देवर पूर्णबहादुर खड्कालगायत परिवारका अन्य सदस्यले घरायसी विवादमा कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १८ गते उजुरी दिएकी छन् । उनको उजुरी घरेलु हिंसाअन्तर्गत दर्ता गरी कारबाही प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । आरोपितलाई झिकाउन इलाका प्रहरी कार्यालय पथरीलाई पत्राचार गरिएको सेवा केन्द्रकी प्रमुख जमुना बस्नेतले बताइन् । पीडितले आफ्ना छोराछोरी आफूसँग राख्न पाउनुपर्छ भन्दा उनीमाथि कुटपिट भएको उजुरीमा उल्लेख गरिएको छ । घटना मङ्सिर १६ गते भएको थियो । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भएको थियो । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis