Incident Reports

स्थानीय तह र प्रहरीबाट न्याय नपाएपछि न्यायका लागि अदालतमा उजुरी

2019-11-07

Madhes, Saptari, Kanchanrup, Ward 1

कञ्चनरुप नपा–१ बैरबाकी ४२ वर्षीया दुलारीदेवी पूर्वेलाई ५० वर्षीय जेठाजू शिवशङ्कर भनिने शङ्कर पूर्वे र उनकी पत्नी ४८ वर्षीया अनीतादेवी पूर्वेविरूद्ध कारवाहीका लागि सप्तरी जिल्ला अदालतमा कात्तिक २० गते घरेलु हिंसाको उजुरी दिएकी छिन् ।

कञ्चनरुप नपाको वडा नम्बर १ को वडा कार्यालय र इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असोज ५ गते उजुरी दिए पनि कुनै कारवाही नभएपछि न्यायका लागि जिल्ला अदालतमा उजुरी दिएको पीडितले बताइन् ।

अंशवण्डा भई छिमेकमा बस्दै आएपनि आरोपितहरूले आफ्नो घरमा पुरुष नभएका कारण गालीगलौज र कुटपिट गर्दै आएको पीडितले बताइन् ।

वैदेशिक रोजगारका लागि पीडितका पति सुरेन्द्र पूर्वे कतारमा र छोरा सुरज पूर्वे भारतको सिलगढीमा रहेका छन् ।

दुई नाबालिका छोरीका साथ घरमा बसेकी पीडितलाई पटक–पटक गालीगलौज र कुटपिट गर्दै आएकोमा पछिल्लो पटक असोज ४ गते पीडित र उनकी छोरीहरूलाई कुटपिट गरी घाइते बनाएको जनाउँदै पीडितले साढे एक महिनासम्म स्थानीय तह र प्रहरीले कुनै कारवाही नगरेपछि अदालतमा उजुरी गरेको बताइन् ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Youth Abducted 00
Totally damaged Vehicles 00
INSEC

0 Comments

Related Reports