Incident Reports

सर्वसाधरणको जग्गा प्रतिबन्धित नेकपाद्वारा ‘कब्जा’

2019-11-10

Gandaki, Tanahun, Byas, Ward 12

पोखरा घर भएका रामबहादुर नेपालीको व्यास नपा–१२ सिमलस्वारमा रहेको साविक कर्लुङ ८-ङ को कित्ता नम्बर १२ को ३३ रोपनी क्षेत्रफल भएको जग्गा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले कात्तिक २४ गते कब्जा गरेका छन् ।

नेकपाको व्यास नगर जनपरिषले कात्तिक २४ गते विज्ञप्ति प्रकाशन गरी उक्त जग्गा कब्जा गरेको जनाएको हो ।

व्यास नपा १२ का धनबहादुर मगरको नाउँमा रहेको जग्गा उनको मृत्युपछि कानुनी रूपमा उनकी पत्नीको नाउँमा गएको १३ वर्ष घि नै अमरसिंह खातीले खरिद गरेको र तयसपछि प्रतापसिंह गुरुङ हुँदै खातीको नामबाट धादिङ जिल्ला घर भई हाल पोखरा बस्दै आएका रामबहादुर नेपालीको नाममा नामसारी भएको उक्त जग्गााको मुल्याङ्कन केही वर्ष अघि नै १ करोड रुपियाँ गरेकोमा हालसम्म उक्त जग्गा बापतको रकम उपलब्ध नगराएको भन्दै तुरुन्त रकम बुझाउन या जग्गा फिर्ता गर्न नेकपाले विज्ञप्तिमा जनाएको छ ।

एक महिना भित्र जग्गा फिर्ता वा पैसा बुझाउन समयसिमा दिँदै नेकपाले उक्त जग्गाको कारोबार पुरा नहुँदासम्म कसैले भोगचलन गर्न या खरिद विक्री नगर्न समेत चेतावनी दिएको छ ।

जनपरिषदका प्रमुख दिक्षीतले जारी गरेको विज्ञप्तिमा उक्त जग्गा खरिद/विक्री गर्नेलाई कडा कारवाही गरिने चेतावनी समेत दिइएको छ ।

कुनै पनि भुमाफिया, दलाल र भ्रष्टहरू तथा जनविरोधी तत्वलाई कारवाहीको दायरामा ल्याउने नेकपाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी विनोद सिलवालले जग्गा कब्जा भएको बारेमा केही जानकारी नआएको भन्दै यसबारेमा बुझेर मात्र थप कदम चाल्ने बताए ।

प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Weapons None
Primary Cause Access/control of private land
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments