Incident Reports

पार्किङ् गरी राखेको सवारी साधन तथा घरको शिशा तोडफोड गरेको अभियोगमा पक्राउ

2019-11-11

Bagmati, Kathmandu, Budhanilakantha, Ward 11

काठमाडौं, २५ कात्तिक     

पार्किङ् गरी राखेको सवारी साधन तथा घरको सिसा तोडफोड गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।     

पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका-११ प्रगती चोक बस्ने रामेछाप रामपुर नगरपालिका-५ घर भएका २० वर्षीय प्रकाश तामाङ र सोही ठाउँ बस्ने सुनसरी धरान उपमहानगरपालिका-११ घर भएका २० वर्षीय निमा शेर्पा रहेका छन् ।        

काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरदेखि बुढानिलकण्ठ नगरपालिका-११ कपन पयौंटारसम्म पार्किङ गरी राखेका सवारी साधनहरु र सोही एरियाको घरहरुको शिशा तोडफोड गर्दै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।     

यस सम्बन्धमा थप अनुसन्धानको लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total damaged Buildings 2
Totally damaged Vehicles 2
Police website

0 Comments

Related Reports