Incident Reports

कर्मचारीलाई कुटपिट गरेको आरोपमा वडा अध्यक्ष गिरफ्तार

2019-11-10

Sudurpashchim, Kailali, Mohanyal, Ward 5

महुन्याल गाउँपालिका–५ निवासी सोही गाउँपालिका कार्यालयका कार्यालय सहयोगी ३० वर्षीय तुलसरा सिञ्जालीलाई कात्तिक १९ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–५ का वडा अध्यक्ष ४१ वर्षीय छविलाल हौजालीमगरलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।

पीडित सिञ्जालीले वडाध्यक्षले कुटपिट गरेको भन्दै कात्तिक २४ गते इलाका प्रहरी कार्यालय, खुख्खडमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

कुटपिटबाट घाइते भएका सिञ्जालीको कात्तिक २४ गते घोडाघोडी अस्पतालमा उपचार भएको डिएसपी बस्नेतले बताए ।

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC , Local Newspaper - Kanchanpur , Local Newspaper - Chitwan

0 Comments

Related Reports