Incident Reports

संविधानसभामा ३० दलको सहभागिता हुने l

2013-12-03

१ प्रतिशत पेस गर्नु पर्नेछ । समानुपातिक निर्वाचनको कुल ३ सय ३५ सिट सङ्ख्या रहेको छ । निर्वाचनमा भाग लिएका १ सय २२ दलका तर्फबाट १० हजार ७ सय ९ उम्मेदवार चुनावी मैदानमा रहेका थिए । समानुपातिक निर्वाचनमा कुल मत ९४ लाख ६३ हजार ८६२ मत खसेको आयोगले जनाएको छ । ती मतका आधारमा आगामी संविधानसभामा ३० दलको सहभागिता हुने देखिएको हो । यसरी सहभागी हुने दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा (माले), तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, समाजवादी जनता पार्टी, मधेसी जनअधिकार फोरम नेपाल र राष्ट्रिय जनमोर्चा सहभागी हुने भएका हुन् । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी(संयुक्त), नेपाली जनता दल, नेपाल मजदुर किसान पार्टी, दलित जनजाति पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), नेपाः राष्ट्रिय पार्टी, सङ्घीय सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल पार्टी, थरुहट तराई पार्टी नेपाल, सङ्घीय समाजवादी पार्टी नेपाल, जनजागरण पार्टी नेपाल, मधेस समता पार्टी नेपालको संविधानसभामा सहभागिता हुनेछ । निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेसले सबैभन्दा बढी ९१ ओटा सिट प्राप्त गरेको छ । यसपछि नेकपा (एमाले)ले ८४ ओटा, एकीकृत नेकपा (माओवादी)ले ५४, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २४ सिट प्राप्त गरेको आयोगले जनाएको छ । नेकपा (माले) ले पाँच, तराई मधेस लोकतान्त्रिक पार्टीले सात, सद्भावना पार्टीले पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टीले १० सिट, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले १०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)ले एक सिट, नेपाल परिवार दलले दुई सिट, राष्ट्रिय जनमुक्ति पार्टीले दुई, समाजवादी जनता पार्टीले एक, मधेसी जनअधिकार फोरम नेपालले आठ, राष्ट्रिय जनमोर्चाले तीन सिट प्राप्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी(संयुक्त) ले तीन सिट, नेपाली जनता दलले एक सिट, नेपाल मजदुर किसान पार्टीले तीन सिट, दलित जनजाति पार्टीले दुई सिट, तराई मधेस सद्भावना पार्टी नेपालले दुई सिट, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक)ले एक सिट, नेपाः राष्ट्रिय पार्टीले एक सिट, सङ्घीय सद्भावना पार्टीले एक सिट, राष्ट्रिय मधेस समाजवादी पार्टीले तीन सिट, खुम्बुवान राष्ट्रिय मोर्चाले एक सिट, अखण्ड नेपाल पार्टीले एक सिट, थरुहट तराई पार्टी नेपालले दुई सिट, सङ्घीय समाजवादी पार्टी नेपालले पाँच सिट, जनजागरण पार्टी नेपालले एक सिट, मधेस समता पार्टी नेपालले एक सिट प्राप्त गरेका छन् । समानुपातिक निर्वाचनमा कम्तीमा २१ हजार मत प्राप्त गरेका दलले एक सिट प्राप्त गरेका छन् । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको सिट बाँडफाँडको जानकारी दिन बोलाएको बैठकमा विभिन्न दलका नेता तथा प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकमा एकीकृत नेकपा (माओवादी)का प्रतिनिधिको भने सहभागिता रहेको थिएन । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis