Incident Reports

भारतको नक्साको विरोधमा पालुङमा पनि प्रदर्शन

2019-11-10

भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि मिचिएको भन्दै मकवानपुरको थाहा नगरपालिकास्थित पालुङमा पनि प्रदर्शन भएको छ ।

पालुङ वहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो। पालुङ बहुमुखी क्याम्पसबाट शुरु भएको प्रदर्शन जनकल्याण मावि, घट्टेचौर, गोपालीगाउँ, शिखरकोट हुदै थानाबजारस्थित बुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रदर्शनमा शिक्षक, विद्यार्थी, पालुङ जेसीज, थाहा कला केन्द्र र नेपाल गोजुरियो कराते संघका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

भारतले नेपाली भूमि मिचेको भन्दै देशभर प्रदर्शन भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments