Incident Reports

भारतको विरोधमा विराटनगरमा प्रदर्शन

2019-11-07

Province 1, Morang, Biratnagar

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भुभाग समेत समेटेको विरोधमा बिहीबार विराटनगरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले भारतीय नक्साबाट नेपाली भूमि हटाउन माग गर्दै विराटनगरमा भारतविरुद्ध प्रदर्शन गरेका हुन् । अनेरास्ववियू मोरङ जिल्ला कमिटीको आयोजनामा गरिएको प्रदर्शनमा सहभागीहरुले भारतले दादागिरी देखाउँदै नेपालको लिपुलेक, कालापानी र लिम्पीयाधुरालाई आफ्नो नक्सामा राखेको भन्दै आक्रोश व्यक्त गरे ।

जनआन्दोलन चोकबाट सुरु भएको प्रदर्शन हनुमान मन्दिर अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘गो व्याक इन्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर’ भन्ने नारा सहितको प्ले कार्ड बोकेका थिए ।

विद्यार्थीहरुले सीमा मिचिँदा गोर्खालीहरू चुप लागेर नबस्ने चेतावनी दिए । पश्चिमी सीमामा रहेको नेपाली भुभाग लिपुलेक, कालापानी, लिम्प्याधुरालगायतको क्षेत्र भारतले आफ्नो नक्सामा समेटेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments