Incident Reports

युवामाथि विनाकारण निर्घात कुटपिट

2019-08-15

Province 1, Morang, Budhiganga, Ward 4

मोरङको बुढीगंगा ४ पठियाटोलका एक युवामाथि विनाकारण निर्घात कुटपिट गरिएको छ।  

बिहीबार बुढीगंगा-४ पठियाका १७ वर्षीय युवा मो. नौसाल मिया घरमै लुगा धोइरहेको बेला छिमेकी अफजल मियाँसहितको टोलीले बोलाएर कुटपिट गरेको हो।

एक छिन काम छ भनेर हात्तीमुढास्थित मनमोहन पोलिटेक्निक कलेज आसपासको बाँसघारीमा लगेर उनीमाथि कुटपिट भएको हो। अफजलले भिडियो खिचेकोर अन्य तीन जनामध्ये कसैले हात पक्रेर अरुले पेटीले, लात्तले र मुक्का हानेको पीडितले बताएका छन्।

कुटपिटमा छिमेकी युवा अम्सल मियाँ, अकिब मियाँ र सादिर मियाँ संलग्न रहेको पीडित युवाको भनाइ छ। कुटपिटका क्रममा पटक-पटक किन गल्ती गरिस् भन्दै यातना -दिइएको छ। पीडित युवाले अबदेखि जीवनमा गल्ती गर्दिन भनेका छन् । तर, के गल्तीरकस्तो गल्ती भन्ने विषय खुलेको छैन।

पीडित युवा तथा उनका आफन्त सोमबार जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालयमा भेटिएका युवा नौसाल मियाँले आफूलाई बिनाकारण कुटिएको बताउनुभयो । कुटपिट मात्रै होइन नौसाललाई ती युवाले यो कुरा कसैलाई भनेमा ज्यान मार्ने धम्की पनि दिएका थिए।

पीडितका बुबा अलिम मियाँले लुगा धुंदै गरेको छोरोलाई बोलाएर कुटपिट गर्नेलाई कारबाहीको माग गर्नुभयो । उहाँले कुटपिटमा संलग्न युवाहरूले गाँजाखाएर मार्ने धम्की दिने गरेको दाबी पनि गर्नुभयो ।

यस्तै पीडितका ठूलो बुबा मो.कलिम मियाले आफूलगायत परिवारलाई नै धाक धम्की दिइरहेको दाबी गर्नुभएको छ। झण्डै ३ घण्टा कुटपिटमा परेका नौसाललाई आसपासबाट मानिसले थाहा पाएपछि अर्धचेत अवस्थामा छाडिएको थियो ।

घरमा आउँदा छोरो अर्धचेत अवस्थामा थियो,' उनका बुबा अलिम मियाले भने, 'हामीलाई न्याय चाहियो सिमेकी युवाको कुटाइको शिकार बनेकानी अहिले न्याय मागिरहेकामासंलामहरू फरार रहेको परिवारको दाबी छ। युवालाई अपहरण गर्ने, यातना दिनेर गुण्डागर्दी शैलीमा धाक धम्की दिनेलाई पक्राउ गरी कारबाही गरिने प्रहरीले जनाएको छ।

पीडितको उजुरी दर्ता गर्न निर्देशन दिएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Morang

0 Comments

Related Reports