Incident Reports

तीन बालक पाँच दिनदेखि बेपत्ता l

2013-12-04

Sudurpashchim, Kanchanpur, Shuklaphanta

RSS महेन्द्रनगर - कञ्चनपुरको झलारी गाविस–९ अमरपुरका तीन बालक पाँच दिनदेखि बेपत्ता भएका छन्। झलारी एजुकेसनल एकेडमीमा कक्षा सातमा अध्ययनरत १३ वर्षीय केशव विष्ट, १२ वर्षीय नवीन विष्ट र १४ वर्षीय भुवन भट्ट बेपत्ता भएका हुन्। तीनै जना गत शनिबारदेखि बेपत्ता रहेको उनीहरुका परिवारजनले बताएका छन्। पाँच दिनदेखि खोजी गरिरहेको भए पनि भट्टाउन नसकेको भुवनकी आमा निर्मलादेवीले बताइन्। उनीहरुले झलारी, महेन्द्रनगर र सीमावर्ती भारतीय बजार वनवासामा खोजतलास गर्दै आएका छन्। 'कहिले गाउँ बाहिर निस्किदैनथे,' निर्मलाले भनिन्, 'कसैले प्रलोभनमा पारी भारत लगेको शंका छ।' घरमा राखेको १० हजार रुपैयाँ समेत नभेट्टिएको केशवकी आमा राजमतीले बताइन्। बेपत्ता तीनै जनाको खोजविनका लागी इलाका प्रहरी कार्यालय झलारीमा निवेदन दिएको उनले बताइन्। पाँच दिन बित्दा पनि फेला पार्न नसक्दा विष्ट र भट्ट परिवार चिन्तत छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक निरञ्जन भट्टले बालकहरु बेपत्ता भएको निवेदन आएपछि खोजतलासको कार्यलाई तीब्रता दिएको बताए। 'बेपत्ता बालकबारे कुनै सुइको पाएका छैनौं,' उनले भने।

0 Comments

Related Reports
Related Trend Analysis