Incident Reports

कथित बोक्सीको आरोपमा शिक्षिका माथि धारिलो हतियार प्रहार

2019-11-13

Gandaki, Myagdi, Malika, Ward 2

कथित बोक्सीको आरोप लगाउँदै स्थानीयले धारिलो हतियार प्रहार गर्दा मालिका गाउँपालिका–२, बिलबाङ रुमकी ४१ वर्षीय इन्द्र पुन घाइते भएकी छन् ।

पुनलाई कात्तिक २७ गते बिहान उनकै छिमेकी २८ वर्षीय रमेश पुनले बिहान पौने १० बजे कथित बोक्सीको आरोपमा धारिलो हतियार प्रहार गरेको पीडित पक्षको आरोप छ ।

आरोपितलाई इलाका प्रहरी कार्यालय दरबाङको टोलीले निस्कोट र रुम बीचको जङ्गलबाट गिरफ्तार गरेको इन्स्पेक्टर रामप्रसाद पाण्डेले जानकारी दिए ।

स्थानीय राष्ट्रिय आधारभूत विद्यालयकी प्रधानाध्यापक समेत रहेकी इन्द्रमाथि बिहान विद्यालय जाँदै गरेको समयमा एक्कासी आक्रमण भएको मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालुले बताइन् । घटनामा पुनको टाउको, घाँटी तथा हातमा चोट लागेको उपाध्यक्ष बिटालुले बताइन् ।

उपाध्यक्ष बिटालुका अनुसार प्रहरीले गिरफ्तार गरेपछि रमेशले शिक्षिका पुनले आफूलाई बोक्सी लागेर सताएकोले आक्रमण गरेको स्थानीयसँग बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका इन्स्पेक्टर ध्रुव शर्माले घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको र मालिका गाउँपालिकाको समन्वयमा हेलिकोप्टरमार्फत् कात्तिक २७ गते नै पोखरा पुर्‍याएर मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

अमृत बास्कुने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , INSEC

0 Comments