Incident Reports

काङ्ग्रेस गाविस सभापतिको घरमा गोली प्रहार l

2013-12-03

Lumbini, Dang, Lamahi

३५ प्रतिशत अर्थात् २५ हजार ८५१ वटा गुनासोको सम्बोधन (फर्स्यौट) भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारमा आयोजना गरेको दुईवर्षे प्रतिवेदन सार्वजनिक कार्यक्रममा दिइएको जानकारीअनुसार हेलो सरकारमा आउने गुनासोलाई सम्बन्धित निकायमा प्राथमिकतापूर्वक पठाइने काम निरन्तर जारी छ । सचिव कृष्णहरि बाँस्कोटाले गुनासाकै कारण विद्युतभार कटौतीलाई तोकिएकै सीमाभित्र राखिएको, अवरुद्ध विद्युत् सेवा र राजमार्ग सञ्चालनमा ल्याएको, बिग्रिएका टेलिफोन मर्मत गराइएको, नेपाल टेलिकमको अवरुद्ध एडिएसएल सेवा सुचारु गराइएको, सार्वजनिक यातायातमा बढी भाडा लिनेलाई कारबाही गरिएको, दलितले शिक्षामा छुट नपाएको, सामुदायिक विद्यालयका शिक्षकले निर्वाचनको प्रचारमा लागेकोलगायत उजुरी परेका थिए । प्रतिवेदनमा जनाइएअनुसार दुई वर्षमा गृह मन्त्रालयसँग सम्बन्धित सबभन्दा बढी चार हजार २६२ र शिक्षा मन्त्रालयसँग सम्बन्धित तीन हजार ३४ गुनासो परेका छन् । हाल मासिक औसतमा ६०० देखि ८०० सम्म गुनासो पर्ने गरेको बताइएको छ |

0 Comments

Related Reports
Related Trend Analysis