Incident Reports

बलात्कारका आरोपित विरुद्ध जाहेरी l

2013-12-05

Lumbini, Pyuthan, Jhimruk

Rabindra Pandey बालिका बलात्कारका आरोपित विरुद्ध पीडितहरूले मङ्सिर १८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेर दिएका छन् । तुषारा गाविस-४ का २० वर्षीय सुवास सुनार र २५ वर्षीय खडकबहादुर सुनारले मङ्सिर १७ गते दिउँसो १३ र १४ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा उनीहरू विरुद्ध जाहेरी परेका जिल्ला प्रहरी कार्यालयले दिएको छ । जङ्गलमा सल्लाको खोटो बोक्न गएको समयमा मुखमा पट्टी बाँधेर बलात्कार गरेको आरोपमा पीडितहरूले जाहेरी दिएका हुन् । पीडितका आफन्तले साँझ बालिकाहरू बलात्कृत भएको थाहा पाएपछि आरोपित खडकबहादुरलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आरोपित खडकबहादुर सुनारलाई मङ्सिर १८ गते गिरफ्तार गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ऐनबहादुर मल्लले बताए । मल्लले अर्का आरोपित सुवास सुनार भने फरार रहेको र खोजी भइरहेको बताए । पीडित बालिकाहरूको मङ्सिर १८ गते जिल्ला अस्पताल बिजुवारमा स्वास्थ्य परीक्षण गराएको इन्स्पेक्टर मल्लले बताए । ओखरकोट गाविस ढाड बजारबाट घरतर्फफर्कदाँ युवकहरूले बालिकाहरूलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धान आएको इन्स्पेक्टर मल्लले बताए । रविन्द्र पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis