Incident Reports

'टुरिष्ट मेयर मुर्दावाद' भन्दै तुलसीपुरमा प्रदर्शन

2019-08-04

Lumbini, Dang, Tulsipur

नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपलिका नगर समितिले आइतबार दिउँसो तुलसीपुरमा प्रदर्शन गरेको छ। सुशासनको माग गर्दै कांग्रेसले विरोध प्रदर्शन गरेको हो। 'स्मार्ट सिटी देखियो अस्त व्यस्त भेटियो, टुरिष्ट मेयर मुर्दाबाद, नगरभित्रका अनियमितता बन्द गर, जनताको ढाड सेक्ने लगाइएको कर बन्द गर, किसानलाई रसायनिक मल प्रदान गर, असारे विकास बन्द गर, कार्यकर्तालाई पोस्ने काम बन्द गर,' जस्ता नाराबाजी गर्दै कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका हुन्।

तुलसीपुरका मेयर हाल भारत भ्रमणमा छन्। र्यालीका सहभागीहरूले तुलसीपुर क्षेत्रको असुरक्षा, फोहोर मैलाको उचित व्यवस्थापन, छाडा चौपायाको व्यवस्थापन, सवारी साधनको व्यवस्थित पार्किङको सवाल पनि उठाएका छन्। स्थानीय सरकारका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै तुलसीपुर उपमहानगरपालिका पुगेका उनीहरूले १२ बुदे माग सहितको ज्ञापनपत्र उपमेयर माया आचार्यलाई बुझाए। ज्ञापनपत्र बुभाएपछि तुलसीपुरको बीपी चोकमा पुगेर र्याली कोणसभामा परिणत गरिएको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Saptari

0 Comments