Incident Reports

प्रतिबन्धित नेकपाका गाउँपालिका इञ्चार्ज गिरफ्तार

2019-11-15

Lumbini, Dang, Shantinagar, Ward 1

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका शान्तिनगर गाउँपालिका इञ्चार्ज ३० वर्षीय प्रकाश बुढा मगरलाई प्रहरीले गिरफ्तार गरेको छ ।

निर्वाचनविरूद्ध शङ्कास्पद गतिविधि गरेको भन्दै बुढा मगरलाई कात्तिक २९ गते शान्तिनगर गाउँपालिका–१ पटेरीखोलाबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी जनकप्रसाद भट्राईले जानकारी दिए ।

उनका अनुसार गिरफ्तारपछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान थालिएको छ । सादा पोशाकमा गएका प्रहरीले बाटोमा एक्लै हिँडिरहेको अवस्थामा गिरफ्तार गरेको हो ।

जे.एन.सागर

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments