Incident Reports

जातीय आधारमा हेडसरबाटै कुटिए सागर नेपाली

2019-11-19

Lumbini, Arghakhanchi, Panini, Ward 8

काठमाडौं–पाणिनि गाउँपालिका ८ पालीमा शिक्षकले जातीय विभेद गर्दै दलित विद्यार्थीलाई निर्घात रुपमा कुटपिट गरेका छन् ।

स्थानीय कमला माध्यमिक विद्यालयका प्राचार्य गोविन्दराज पन्थीले जातीय आधारमा गाली गरी विद्यार्थी सागर नेपालीलाई कुटपिट गरेका हुन् ।

विहिबार कक्षा १० मा अध्ययनरत विद्यार्थी सागर नेपालीले स्कुल बाहिर रहेको पानीको धारो भाँचेको आरोप प्राचार्य पन्थीले लगाएका थिए । पन्थीले अन्य विद्यार्थीबाट धारो नभाँचिएको भन्दै दलितको छोरो सागरले भाँचेको भनी नेपालीको हात र खुट्टाका विभिन्न भागमा निलडाम हुने गरी कुटपिट गरेका थिए ।

पीडित सागर नेपालीका अनुसार आफुले कहिले पनि स्कुलको सामान र संरचना कुनै नविगारेको बताउँदै स्कूलको धारो आफुले नभाँचेको बताए । ‘मैले स्कुलको धारो भाँचेको होइन, सरले दलितको छोराले भाँच्यौं भन्दै बाँसको लौरोले कुट्नु भयो । ’

सरले मलाई दलितको छोरा भएर ठिक ठाउँमा बस्नुपर्ने भन्दै जातीय आधारमा गाली समेत गर्नुभएको सागरले बताए । मैले धारो भाँचेको होइन भन्दा समेत सरले तैले नै हो, धारो भाँचेको भन्दै कुटपिट सागरको दावी छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments