Incident Reports

कथित बोक्सीको आरोप लगाउने विरुद्ध उजुरी l

2013-12-02

Madhes, Saptari, Saptakoshi

Manohar Kumar Pokharel बकधुवा गाविस-९ की ४० वर्षीया भोटनीदेवी लेखीले सोही ठाउँका श्रवण जोशीले बोक्सीको आरोप लगाई गाली बेइज्जती गरेको भन्दै मङ्सिर १७ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । स्थानीय एक महिला विरामी भएको विषयमा कात्तिक २९ गते धामी बसेका जोशीले बोक्सीमन्त्र लगाएर बिरामी बनाएको भन्दै गाली बेइज्जति गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर दीपक कार्कीले आवश्यक कारबाही गर्न मङ्सिर १८ गते इलाका प्रहरी कार्यालय महुलीलाई पत्राचार गरिसकेको बताए । जण्डौल गाविस-८ घोघिंदाहास्थित उच्च माविका शिक्षक जोशीले धामी बस्दा देवताले उनलाई बोक्सी भनेको भन्दै कथित बोक्सीको आरोप लगाई बारम्बार गाली बेइज्जती गर्ने गरेको पीडितले बताइन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis