Incident Reports

Attack inside Bus, 5 injured

2013-12-04

Gandaki, Tanahun, Byas

Tanahun, Bus bhitrai tarbar prahar, 5 gana ghaitee. Tanahun, An unidentified man attacked inside the passenger bus with the weapon. 5 people are injured among which 3 are in critical condition. तनहुँ - यात्रुबाहक बसभित्र चढेर अपरिचित व्यक्तिले तरबार प्रहार गर्दा बुधबार दमौलीमा ५ जना घाइते भएका छन्। घाइते मध्ये ३ को अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएअनुसार घाइते हुनेहरुमा व्यास १ का अशिष श्रेष्ठ, व्यास ८ का राम बहादुर दरै, मनपाङ ८ का शम्भु राना, सोम बहादुर राना र श्याम्घा ९ का बुद्धिमान श्रेष्ठ रहेका छन्। शम्भु, सोम र बुद्धिमानको अवस्था गम्भीर रहेकाले उनीहरुलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ। सदरमुकाम दमौली बजारबाट साँगेतर्फ जान लागेको ना.३ ख ११२३ नम्बरको यात्रु बसमा प्रवेश गरेको अपरिचित व्यक्तिको समूहले बसभित्रै तरबार प्रहार गरेका हुन्। घटनामा संलग्न भएको आशंका प्रहरीले व्यास ८ का कमल श्रेष्ठ, श्याम्घाका पूर्ण कुमार श्रेष्ठ र व्यास २ का कुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ।

0 Comments

Related Reports
Related Trend Analysis