Incident Reports

गाउँपालिकाको अध्यक्षको गाडीमा तोडफोड, एक जना समातिए

2019-11-21

Madhes, Bara, Prasauni, Ward 5

६ मंसिर, वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

ना १ झ १६३१ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारको आरोपमा प्रहरीले प्रसौनी–५ का विकास कुमार मण्डललाई पक्राउ गरेको हो । उनलाई अभद्र व्यवहारको मुद्धा चलाइएको र फरार अन्य दुईजनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा विकासले मादक पदार्थ सेवन गरेको पाइएको उनको भनाइ छ । बिहीबार बेलुका भएको ढुंगा प्रहारबाट गाडीको अगाडि र पछाडिको सीसा फुटेको छ ।

गाउँपालिकाको बैठक सकेर उपाध्यक्ष गीता साहलाई पुर्‍याउन बेलहिया गएर फर्कने क्रममा वडा नं ५ डिटोल आइपुग्दा गाडीमा आक्रमण भएको अध्यक्ष गुप्ताले बताए ।

‘मोटरसाइकलमा आएका उछृङ्खल व्यक्तिहरुले अचानक गाडीमा आक्रमण गरे’ उनले भने ‘चालक भाग्यनारायण साहले उनीहरुलाई लखेट्न सफल भएछन् ।’ सवारी चालक साहको हातको औलामा चोट लागेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Mahottari

0 Comments

Related Reports