Incident Reports

अदालतमा मानवअधिकार समिति गठन l

2013-12-05

Madhes, Saptari, Rajbiraj

Manohar Kumar Pokhrel मानवअधिकारसँग सम्बन्धित मुद्दाहरूप्रति उत्तरदायी र जवाफदेही बनाउँदै आवश्यक सहयोग गर्न पुनरावेदन अदालत बार एकाई राजविराजले मङ्सिर २० गते मानवअधिकार समिति गठन गरेको छ । अधिवक्ता पुण्यप्रसाद यादव संयोजक र देवबहादुर कटवाल सह-संयोजक रहने गरी १६ सदस्य मानवअधिकार समिति गठन गरिएको पुनरावेदन अदालत बार एकाईका सचिव बलरामप्रसाद सिंहले जानकारी दिएका छन् । समितिको सचिवमा मनोज देव र सदस्यहरूमा अजयकुमार चौधरी, बसन्तकुमार मण्डल, राजेन्द्र यादव, नरेन्द्रबहादुर भट्टराई, पार्वती जोशी, दानोकुमारी चौधरी, प्रयागलाल यादव, इन्द्रदेव सिंह, महेश्वरप्रसाद यादव, सत्यनारायण साह, समिम अख्तर अली, ऋषिनारायण देव र शंकरप्रसाद राय रहेका छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis