Incident Reports

आफ्नो पार्टीमा नलागेको भन्दै कुटपिट, आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

2019-11-22

Lumbini, Dang, Shantinagar, Ward 7

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उम्मेदवारको प्रचार गरेको र पार्टीमा नलागेको भन्दै शान्तिनगर गाउँपालिका–७ का २३ वर्षीय श्याम चौधरीलाई कुटपिट गर्ने नेपाल तरुण दलका कार्यकर्ता तथा शान्तिनगर–७ कै २७ वर्षीय चरी भनिने टोपबहादुर केसी र ३० वर्षीय पारस पाण्डेविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दर्ता गरिएको छ ।

घरमा बसेका चौधरीलाई काम छ भन्दै सडकमा ल्याएर मङसिर ६ गते राति दुई जनाले कांग्रेस पार्टीमा नलागेको र नेकपाको प्रचार गरेको भन्दै कुटपिट गर्दा श्याम चौधरीको टाउकोमा चोट लागेको छ ।

भागेर ज्यान जोगाएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

पीडित पक्षले दोषीमाथि कारवाहीको माग गर्दै मङ्सिर ७ गते प्रहरीमा उजुरी दिएको र घटना लगत्तै फरार रहेका केसी र पाण्डेको खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी हरिहरनाथ योगीले जानकारी दिनुभयो ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Election-related cause primary
INSEC , Local Newspaper - Dang

0 Comments