Incident Reports

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

2019-11-23

Lumbini, Bardiya, Bansagadhi, Ward 3

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई मङ्सिर ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

सो पार्टीको बर्दिया जिल्ला कमिटी सदस्य कालीकोट जिल्ला खाडाचक्र नगरपालिका–२ स्थायी घर भई हाल बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश बिक र पार्टी सदस्य सोही ठाउँका वर्ष २७ को सञ्जु चौधरीलाई बाँसगढी नपा–३ भगराचोक र सिजी प्रालिको मुलगेटमा पर्चा पम्पलेट टाँस्दै गर्दा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी राजेशनाथ बास्तोलाले बताउनुभयो ।

नेकपा पुनर्गठनको छैठौँ स्थापना दिवसमा राज्यविरूद्धका गतिविधि हुन नदिन प्रहरीले प्रहरीले प्रतिबन्धित नेकपाविरूद्ध ‘स्विप अप्रेशन’ चलाइरहेको अवस्थामा प्रहरीले मङ्सिर ७ गते रातको ११ बजेको दुवैजनालाई गिरफ्तार गरेको हो ।

नेकपा कार्यकर्ता बिक र चौधरीबाट ५० थान पर्चा पम्प्लेट समेत बरामद भएको इन्स्पेक्टर सुनारले बताउनुभयो । “

मानबहादुर चौधरी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments