Incident Reports

उपनिर्वाचनलाई लक्षित गरी दाङमा बम बिस्फोट

2019-11-30

Lumbini, Dang, Ghorahi, Ward 16

उपनिर्वाचनलाई लक्षित गरी दाङमा बम विस्फोट गराइएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडानम्वर १६को वडाध्यक्षका लागि आज हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी बम विस्फोट गराइएको हो । दाङमा क्षेत्र नम्वर ३ ख मा  प्रदेशसभा र  घोराही वडा नम्बर १६ आज मतदात हुदैछ ।

निर्वाचन हुने स्थल वडानम्वर १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको हो । बिहान  बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए ।

बिस्फोटबाट कुनै क्षति भने नभएको प्रजिअ रिजालले बताए। कसले के बिस्फोट गराएको हो भन्ने नखुलेको छैन।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
Election-related cause primary
National/Online Media

0 Comments

Related Reports