Incident Reports

बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2013-12-04

Gandaki, Nawalparasi West, Binayee Tribeni

Narayan Parajuli चितवनको विरेन्द्रनगर गाविस-२ घर भई गैडाकोट गाविस-१ धारापानी बस्ने ६७ वर्षीय देवीलाल कामी मङ्सिर १८ गते जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा गएका छन् । दुम्किवास गाविस-४ का ३० वर्षीय बाबुराम परियार बलात्कार गरेको आरोपमा मङ्सिर १९ गते पुर्पक्षको लागि थुनामा गएका छन् । आरोपित बाबुराम परियारलाई कात्तिक २० गते ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक २१ गते इलाका प्रहरी कार्यालय कावासोतीमा जाहेरी दिएकोमा सोही कात्तिक २२ गते प्रहरीले गिरफ्तार गरेको थियो । प्रहरीले आरोपित परियारलाई अनुसन्धानपछि मङ्सिर १८ गते जिल्ला अदालत पेश गरेकोमा अदालतको आदेशपछि १९ गते पुर्पक्षको लागि थुनामा गएका छन् । यसैबीच, दुम्किवास गाविस-९ निवासी एक बालिकालाई बलात्कार गरेको आरोप लागेका सोही ठाउँ निवासी ५८ वर्षीय मनबहादुर परियार मङ्सिर १९ गते जिल्ला अदालतको आदेशमा १० हजार धरौटीमा तारेखमा रिहा भएका छन् । आरोपितले बालिकालाई कात्तिक १२ गते पीडितको घरमै बलात्कार गरेको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय कावासोतीमा कात्तिक १३ गते जाहेरी दिएका थिए । नारायण पराजुली

0 Comments

Related Reports
Related Trend Analysis