Incident Reports

मत नदिएको भन्दै कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-11-30

Lumbini, Dang, Shantinagar, Ward 2

शान्तिनगर गाउँपालिका–२ का ५२ वर्षीय पदमबहादुर वली र उहाँकी ४५ वर्षीय पत्नी जयन्ता वलीलाई मङ्सिर १४ गते भएको उप निर्वाचनमा नेपाली कांग्रेसलाई मत नदिएर नेकपालाई मतदान गरेको आरोपमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष शान्तिनगर गापा–२ का ६३ वर्षीय कमानसिङ डाँगी र ३८ वर्षीय छोरा विरज डाँगीले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

कुटपिट घटनाका आरोपित विरूद्ध पीडित पक्षले मङसिर १५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको हो ।

मङ्सिर १४ गते भएको उपनिर्वाचनमा नेकपालाई मतदान गरेको भन्दै राति घरमै गएर अध्यक्ष डाँगीले  कुटपिट गरेको पीडित पदमबहादुरले आरोप लगाउनुभएको छ ।

उहाँले मादक पदार्थ सेवन गरी चुनावी विषयलाई लिएर हातपात गरिएको भन्दै घटनाको अनुसन्धान थालिएको डिएसपी हरिहरनाथ योगीले बताउनुभयो ।

आरोपित कमानसिङ डाँगीले समान्य मादक पदार्थ सेवन गरी होहल्ला गरेको भएर घरसम्म छोडेको र छोराले धकेलेको भए पनि कुटपिट नगरेको बताउनु भयो ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 1
Election-related cause primary
INSEC

0 Comments