Incident Reports

प्रेममा धोका पाएपछि प्रेमीको यौनाङ्ग काटिदिइन् प्रेमिकाले

2019-12-09

Bagmati, Kathmandu, Budhanilakantha

प्रेममा धोका पाएपछि काठमाडौंको कपनमा एक युवतीले प्रेमीको लिंग काटिदिएकी छिन्। गएराति आफ्नै कोठामा बोलाएर ती युवतीले आफ्नै प्रेमीको लिंग काटिदिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी रमेश सिंहले जानकारी दिए।

युवक र युवतीको नाम गोप्य राखिएको छ। हायात होटलमा काम गर्ने ती युवकको अवस्था चिन्ताजनक रहेको छ। उनको ओम अस्पतालमा उपचार भइरहेको छ। उनीहरुबीच एक वर्ष देखि प्रेम चल्दै आएको थियो।

प्रहरीका अनुसार एक हप्ता अघि युवकले घरायसी कारण देखाउँदै विवाह गर्न नसक्ने जनाएका थिए। अन्तिम पटक भेटुम् भन्दै ती युवतीले कोठामा बोलाएर युवकको लिंग काटिदिएको कपनकी प्रहरी निरीक्षक सुरक्षा केसीले जानकारी दिइन्।

युवतीले आफ्नो हात पनि काटेकी छिन्। उनको पनि प्रहरी नियन्त्रणमै उपचार भइरहेको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Siraha

0 Comments

Related Reports