Incident Reports

आमाछोरा मिलेर बाबुको हत्या

2019-12-09

Karnali, Surkhet, Bheriganga, Ward 2

सुर्खेत- पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटामा आमा छोरा मिलेर बुवाको हत्या गरेका छन्। सोमबार राति मालनेटाका ४७ वर्षीय लोकबहादुर विसीको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले लोकहादुरको श्रीमती ४५ वर्षीया सुमित्रा विसी र २३ वर्षीय छोरा कमल विसीलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार घरमै हत्या गरेर ५० मिटर टाढा गोरेटो बाटो नजिकै फालेको अवस्थामा लोकहादुरको शव फेला परेको थियो । ‘घटनाको प्रकृति हेर्दा घरभित्रै हत्या गरेर फालेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईले भने, ‘अनुसन्धानका लागि मृतकका श्रीमती र छोरालाई नियन्त्रणमा लिएका छौ।’

प्रहरीका अनुसार सोमबार राति आठ बजेदेखि १० बजेको अवधिमा हत्या भएको देखिन्छ। ‘हामीले विहान नौ बजेतिर खवर पाएका थियौं,’ प्रहरी निरीक्षक चौलागाईले भने, ‘घटनास्थल पुग्दा मृतकको लास घरदेखि ५० मिटर टाढा फेला पा-यौं।’ चौलागाईका अनुसार लोकबहादुरको हत्या भान्सा कोठाभित्र भएको देखिन्छ। प्रहरी घटनास्थल पुग्दा मृतककी श्रीमती सुमित्राले भान्सामा लागेको रगतको माटो निकालेर लिपपोत गरिसकेकी थिइन्। पक्राउ परेका आमा छोराले प्रहरीसँग फरक–फरक बयान दिएका छन्।

‘प्रारम्भीक बयानका क्रममा दुबैले फरक–फरक बयान दिएका छन्,’ उनले भने, ‘घटना अनुसन्धानकै क्रममा रहेकाले थप विवरणपछि थाहा हुन्छ।’ स्रोतका अनुसार मृतकका छोरा कमलले आमाले भनेपछि घरभित्रबाट लास उठाएर बाहिर फालेको बताएका छन् भने मृतककी श्रीमती सुमित्राले आफू घटना भएको राति छिमेकीको गएकाले घटनाबारे थाहा नभएको र विहान घरमा आउँदा भान्सामा रगत देखेर सफा गरेको बयान दिएकी छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports