Incident Reports

पतिले कुटपिट गरेको भन्दै अधिकारकर्मीसँग न्यायको माग l

2013-12-10

Rajendra Thagunna अमरगढी नपा-७ तिलाडीकी २५ वर्षीया सारदा कैनीले पतिले कुटपिट गरेको भन्दै मङ्सिर २५ गते अधिकारकर्मीहरूसँग न्यायको माग गरेकी छन् । विवाह भएको १० वर्षभएको र एक वर्षपहिले बहुविवाह गरेपछि पतिले कुटपिट र खान बस्न समेत नदिने गरेको पीडित महिलाले बताईन । बलात्कार विरुद्ध राष्ट्रिय अभियान सम्बन्धी मङ्सिर २५ गते सञ्चालन भइरहेको कार्यशाला गोष्ठीमै आएर पीडित महिलाले घरमा बस्ने वातावरण बनाईदिनु भन्दै अधिकारकर्मीहरुसँग न्यायको माग गरेकी थिइन् । इन्सेक लगाएत अन्य संस्थाहरूले मङ्सिर २५ गते नै प्रहरी कार्यालयमा छलफल गरेपछि मङ्सिर २६ गते पतिलाई आवश्यक अनुसन्धानका लागि बोलाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजेन्द्र ठगुन्ना

0 Comments

Related Reports
Related Trend Analysis