Incident Reports

स्थानीय सरकारको वडा कार्यालयमा प्रतिबन्धित नेकपाको पेन्टिङ

2019-12-10

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले दार्चुलामा पछिल्लो समय गतिविधि बढाएको छ ।

मङ्सिर २४ गते शैल्यशिखर नगरपालिकाको वडा नम्बर ४ रानिशिखर स्थित वडा कार्यालयको बोर्डमा नेकपा विप्लव लेख्नुको साथै ढोकामा रातो कपडामा डब्बा राखेको भेटिएको रानिशिखरका स्थानीय महादेव ठगुन्नाले जानकारी दिनुभयो ।

राति नै वडा कार्यालयको बोर्डमा लेख्नुको साथै रातो कपडामा बम जस्तो डिब्बा राखेको पाइएको हो । बिहान १० बजे कर्मचारी कार्यालय पुग्दा विप्लव लेखिएको र बम जस्तो वस्तु फेला परेको उहाँले बताउनुभयो ।

कर्मचारीले कार्यालयमा त्रसाउने गरी सामाग्री राखेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालयमा गोकुलेश्वरबाट गएको टोलीले बोर्ड मेटाउनुको साथै तुललाई हटाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

‘त्रसाउने गरी गतिविधि गरेको पाइएको छ ।’–उहाँले भन्नुभयो –‘बम होइन । खाली डब्बामा रातो तुल बेरेको रहेछ ।’

तर्साउन ढोकामा राखिएको सामग्रीको कारण वडा कार्यालय दिउँसो १ बजेबाट मात्रै सुचारू भएको थियो ।


नरेन्द्रसिंह कार्की

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments